जनकपुरधाम । महोत्तरीमा गाईगोठ भत्किंदा च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिक ६ मुसहरी टोलका सुन्देश्वर सदाको श्रीमती ५० वर्षीया सुनिता सदा छन् ।
शुक्रबार साँझ साढे ५ बजेतिर आएको हावाहुरीमा स्थानीय झगरु मुखियाको गाई गोठमा ओत लाग्न जाँदा उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिए ।