
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकसम्बन्धी यात्रा नियमबारे विभिन्न सञ्चारमाध्यम तथा अनलाइन प्लटफर्ममा फैलाइएका अपुष्ट र भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार जारी प्रेस विज्ञप्तिमा बोर्डले नेपाल–भारत सीमाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि अनिवार्य परिचयपत्र लागु गरिएको, भारतीय पर्यटकको बसाइ अवधि ३० दिनमा सीमित गरिएको वा समयावधि नाघेमा सवारीसाधन जफत गरिने जस्ता दाबीहरू पूर्ण रूपमा झुटा, निराधार र भ्रामक रहेको स्पष्ट पारेको छ।
‘भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्ध लगाइएको छैन भने नेपाल–भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था तथा द्विपक्षीय समझदारीमा पनि कुनै परिवर्तन गरिएको छैन,’ बोर्डले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता तथा पर्यटन सहकार्य अझै पनि मजबुत र यथावत रहेको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ।
बोर्डले भारतसहित अन्य मुलुकबाट निजी सवारीसाधनमार्फत स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि यात्रा प्रक्रिया सहज बनाउन नेपाल सरकारले हालै नयाँ अनलाइन सहजीकरण प्रणाली सुरु गरेको जानकारी दिएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम