
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा नेपाले सानदार जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
जितका लागि पाएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सार्वधिक ७४ रनको अविजित पारी खेले । त्यस्तै डा. इशान पाण्डेले पनि ५५ रनको योगदान दिए । ओपनर आशिफ शेखले २९ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले २८ रनको योगदान दिए ।
बलिङ तर्फ स्टकल्याण्डका मार्क वाटले २ विकेट लिए । त्यस्तै ब्रान्डन म्याकमुलेनले एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटलयाण्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो । उसका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाउँदा माइकल लिस्कले पनि ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका ललित राजवंशीले ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ३ विकेट लिँदा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू