
काठमाडौं। विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु टोली यूएई र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि यी दुई खेलाडीलाई पुनरागमन गराएको हो।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा सिरिज आगामी २६ अक्टोबरदेखि सुरु हुनेछ। अक्टोबर २६ मा नेपाल र अमेरिका प्रतिस्पर्धा गर्नेछन्। यी दुई खेलाडी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलेको टोलीमा थिएनन्। आलम दुबईमै टेस्ट टोली वेस्ट इन्डिजसँग भएको टी–२० आई सिरिज हुँदा टोलीमा थिए। तर, अनिलले लामो समयपछि टोलीमा पुनरागमन गरेका हुन्। अनिलले अन्तिमपल्ट गत जुन १७ मा ग्लासगोमा घरेलु टोली स्कटल्यान्डविरुद्ध टी–२० आई खेल खेलेका थिए। त्यसयता उनी चोटका कारण टोली बाहिर थिए। विश्वकप छनोट खेल्नुअघि वेस्ट इन्डिजसँगको खेलका लागि क्याम्पमा स्थान बनाए पनि अन्तिम टोलीमा अटाउन सकेका थिएनन्।
पछिल्लो समय उनले लगातार खराब प्रदर्शन गर्दै आएका छन्। ग्लासगोमा नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको भएको सिरिजका तीन खेलमा उनले मात्रै ६ रन जोडेका थिए। छनोट जितेर अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगेको नेपाली टोली ओमानबाटै दुबई जानेछ। नेपालले ३० अक्टोबरमा यूएईसँग खेल्नेछ। त्यसपछि १ नोभेम्बरमा अमेरिकासँग दोस्रो खेल खेल्नेछ। ५ नोभेम्बरमा यूएईसँग अन्तिम खेल खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ। लिग–२ मा १६ खेल खेल्दा १२ अंक मात्र जोडेको नेपाल सातौं स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने यूएई ६ अंकसहित आठौं स्थानमा छ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम