
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयरमा आवेदिन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिरहेको हकप्रद सेयरमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन हो ।
कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर जारी गरेको हो। यसअनुसार हाल रहेका प्रत्येक १ कित्ता सेयर बराबर नयाँ ०.५ कित्ता (५० प्रतिशत) अनुपातमा हकप्रद सेयर निष्काशन गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।
हकप्रद सेयर निष्काशनका लागि कम्पनीले चैत १० गते नै बूक क्लोज गरिसकेको छ । तसर्थ चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन तथा बाँडफाँड पछि यो पूँजी बढेर १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै