
बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट पाँच करोड रुपैयाँको क्षति भएको छ ।
शुक्रबार दिउँसो लागेको आगो शनिबार मात्रै नियन्त्रणमा आएको थियो । सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर खरानी भएको उद्योगका सञ्चालक प्रकाश रानाले जानकारी दिए। उनका अनुसार उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका जलेर खरानी भएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । शुक्रबार दिउँसो सुरु भएको आगलागी शनिबार नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए । उनका अनुसार बाँके र बर्दियाका विभिन्न स्थानीय तहबाट ल्याइएका बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको प्रयासमा आगो निभाइएको थियो । आगलागीको कारण तथा त्यसबाट भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम