
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष निकालेको छ ।
महासङ्घको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटले योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्न बजेटले महत्वपूर्ण आधार निर्माण गर्नेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।
“बजेटमा उद्योग तथा व्यवसायमैत्री कर नीतिको सुधार, उद्यमशीलता विकास, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, उत्पादन र रोजगारी अभिवृद्धिमा केन्द्रित योजना, ऊर्जा तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको विषयलाई सकारात्मकरुपमा लिन सकिन्छ”, बजेटबारे महासङ्घको धारणा सार्वजनिक गर्दै उनले भने ।
महासङ्घले आर्थिक गतिविधिमा भएको सुस्तता, लगानी विस्तारको चुनौती, उत्पादन तथा बजार व्यवस्थापनका समस्या, वित्तीय पहुँचमा कठिनाइ तथा सिाना उद्योग व्यवसायीले भोग्दै आएका समस्या बजेटले सम्बोधन गर्ने अपेक्षा गरेको छ ।
“नीतिगत सुधारको घोषणाबाट लघु, घरेलु तथा साना उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, उत्पादन लागत घटाउन तथा बजार पहुँच विस्तार गर्न सहयोग पुग्नेछ”, अध्यक्ष सिंहले भने ।
बजेटमा समेटिएका जनमुखी, उत्पादनमुखी तथा विकासमुखी कार्यक्रमको सफल कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्न महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निजी क्षेत्र र सरकार बीचको साझेदारीलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए ।
जेठ २४ र २५ गते २६औँ महाधिवेशन
महासङ्घ स्थापनाको ३७ वर्ष प्रवेशका अवसरमा यही जेठ २४ र २५ गते ललितपुरमा २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आयोजना गरिएको छ । महाधिवेशनमा सात वटै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक र महिला उद्यमी प्रतिनिधि गरी करिब एक हजार जनाको सहभागिता रहने अध्यक्ष सिंहले जानकारी दिए ।
उद्यमी सम्मेलनले महासङ्घको सङ्गठनात्मक सुदृढीकरण, विगतको प्रगति समीक्षा, भावी कार्यदिशा एवं नीति तथा कार्यक्रम तर्जुमा गरी आवश्यक नीतिगत सुधारका विषयमा समयसापेक्ष निर्णय गर्ने उनले बताए ।
महाधिवेशनले महासङ्घ र केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम