
रामपुर । जिल्लाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो ।
दुई स्पानसहितको ५३ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पुल निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए । उहाँका अनुसार आरसिसी, टि–गर्डर मोटरेबल पुल ओपन फाउन्डेशन मोडलमा निर्माण हुनेछ । सडक पूर्वाधार विकास कार्यालय पाल्पाले रु सात करोड १० लाख १९ हजार छ सय ३३ लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो । शुभलक्ष्मी–शुक्रकमली–हेभन जेभी कञ्चनपुरले भ्याटसहित रु पाँच करोड ९८ लाख ६३ हजार नौ सय ३३ लागतमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी गत कात्तिक ४ गते ठेक्का सम्झौता गरी निर्माण थालनी गरेको जनाएको छ ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पुल शिलान्यास गर्दै समयमा निर्माण सम्पन्न गर्न मन्त्रालयले रकमको अभाव हुन नदिने बताए । यस पुलले गाउँका स्थानीयको जीवनस्तर उकास्न सघाउ पुग्ने उनको भनाइ छ । प्रतिनिधिसभाका सांसद नारायणप्रसाद आचार्य, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलगायतले निस्दी खोलामा पुल निर्माण भएसँगै गाउँमा उत्पादित कृषिउपज बजारीकरण गर्न सहज हुने बताएका थिए ।












समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी