
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोडने पक्की पुल निर्माण भइरहेको छ ।
पूर्वाधार विकास कार्यालय मकवानपुरले निर्माण गरिरहेको पुलको तीन स्पान मध्ये दुईको निर्माण भइसकेको छ । पूर्वाधार विकास कार्यालय मकवानपुरका कार्यालय प्रमुख सुजन भण्डारीले नौ करोड ३२ लाख ४९ हजारको लागतमा निर्माणाधीन पुलको हालसम्म भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।
आगामी असोज महिनासम्ममा पूरा गर्ने लक्ष्य लिइएको उक्त पुल निर्माणपछि स्थानीय लालझाडी, मैनटार, नकौली, घ्याङसिङटार, घटटेखोला, फेदिगाउँ, बोकेदह हेटौँडा उपमहानगरपालिका–१९ को डुमारे, लेकपानी, ज्यामिरे र मनहरी गाउँ पालिकाको सरिखेत पलांंसे क्षेत्रका २५ हजार जनता लाभान्वित हुने छन् ।
त्यस क्षेत्रमा उत्पादन हुने तरकारी, अन्न र फलफूल हेटौँडालगायत सहरमा पुर्याउँदा किसान र उपभोक्तालाई फाइदा पुग्ने छ । पुल निर्माण भएपछि त्यस क्षेत्रमा पर्यटन प्रवर्द्धनको सम्भावना रहेको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो