
ललितपुर । ललितपुरको गोदावरीस्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका क्रममा जङ्गलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ।
काठमाडौँको बागबजारस्थित एसएस एकेडेमीबाट शिक्षक तथा विद्यार्थीहरूको टोली शनिबार शैक्षिक भ्रमण तथा दृश्यावलोकनका लागि फुल्चोकी पुगेको थियो। भ्रमणका क्रममा समूहबाट दुई जना विद्यार्थी छुट्टिएर जङ्गलमा हराएको जानकारी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममार्फत जिल्ला प्रहरी परिसर ललितपुरमा प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट प्रहरी निरीक्षक विक्रम केसीको नेतृत्वमा नौ सदस्यीय विशेष प्रहरी टोली खोजी तथा उद्धार कार्यका लागि परिचालन गरिएको थियो।
प्रहरी टोलीले फुल्चोकी जङ्गलको झरना (वाटरफल) क्षेत्रमा सघन खोजी अभियान सञ्चालन गर्ने क्रममा हराइरहेका विद्यार्थीहरूलाई फेला पारेको थियो। खोजीका क्रममा अन्य दुई जना समेत जङ्गलमा अलपत्र परेको अवस्थामा भेटिएका थिए।
प्रहरीले चारै जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको जनाएको छ। उद्धार गरिएका सबैलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घना जङ्गल तथा पहाडी क्षेत्रमा भ्रमण गर्दा समूहबाट नछुट्टिन, सुरक्षित मार्ग प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर