
काठमाडौं । फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन् ।
आज बिहान फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित शहरको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । शक्तिशाली भूकम्पसँगै समुद्रमा ठूलाछाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन् ।
फिलिपिन्सका राष्ट्रपतिलेसम्बन्धित सरकारी निकायलाई तत्काल उद्धार तथा सुरक्षा तयारीमा जुट्न निर्देशन दिएका छन् । अहिलेसम्म ठूलो मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन । तर प्रशान्त क्षेत्रका विभिन्न देशहरूले समुद्री सतहमा असामान्य गतिविधि हुन सक्ने भन्दै निगरानी बढाएका छन् ।
सरकारी अधिकारीहरूले आधिकारिक सूचनालाई मात्र विश्वास गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि