
काठमाडौं । पछिल्लो समय सेयर बजारको गिरावट मनोवैज्ञानिक त्रासले उत्पन्न भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै उनले बजारको उतारचढाव मनोवैज्ञानिक त्रास भएको बताएका हुन् ।
पछिल्लो समय अनुसन्धान तथा कानुनी कारबाहीको प्रभावले गर्दा पुँजी बजार घटेको उनको भनाइ छ । सेयर बजारको दीर्घकालीन स्थायित्व सरकारको प्राथमिकता हो । तर, अहिले बजार घट्नुको कारण मनोवैज्ञानिक त्रास मात्रै हो,’ उनले भने । अर्थमन्त्री वाग्लेले अहिले १ खर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहित विभिन्न मुद्दा अघि बढिरहेको र यसको केन्द्रमा पुँजी बजार तथा बीमा क्षेत्र रहेको पनि बताए । यहि मुद्दाका काराण केही लगानीकर्तामा ‘म पनि अनुसन्धानमा पर्छु कि’ भन्ने मनोवैज्ञानिक त्रास सिर्जना गरेको उनको भनाइ छ ।
‘सरकार एक–एक घण्टाको बजार उतारचढाव हेरेर नीति बनाउँदैन । हामी दीर्घकालीन रूपमा बजारलाई पारदर्शी र स्थिर बनाउन काम गरिरहेका छौँ,’ उनले भने । अर्थमन्त्री वाग्लेले कर प्रणालीमा सुधार सुरु भएको दाबी गर्दै व्यक्तिगत आयकर दर घटाइएको, शिक्षा र विद्युत् क्षेत्रमा लक्षित कर नीति ल्याइएको तथा अनौपचारिक अर्थतन्त्रलाई क्रमशः औपचारिकीकरण गर्ने योजना रहेको बताए ।













समाचार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
एभरेष्ट बैंकको नाफा ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफा कति ?
ग्लोबल आइएमई बैंकको नाफा उछाल, अधिकांश सूचक सकारात्मक हुदाँ लाभांश क्षमता कति ?
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
३३ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?
बेनी–जोमसोम सडक रातिमा बन्द
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै