
दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङ्करबाट पानी वितरण गर्ने गरेको छ । संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाका अनुसार दुईवटा ट्याङ्करबाट यसरी घरमै पानी वितरण थालिएको हो । “केही स्थानमा धारामा पानी जान सकेको अवस्था छैन”, उनले भने, “त्यस्ता स्थानमा ट्याङ्करबाट भए पनि पानी पुर्याउने गरेका छौँ ।”
तुलसीपुर–४, ६ र ७ का केही स्थानमा यसरी खानेपानीको समस्या हुने गरेको छ । तुलसीपुरको घोराही रोड, नयाँबस्ती, अरनिको टोल, बरुवागाउँ, जबरपुर, भिआइपी टोल, झुमरे, गाइडहरलगायत स्थानमा यसरी ट्याङ्करबाट वितरण गर्ने गरिएको छ । तुलसीपुरमा एक करोड लिटरभन्दा बढी खानेपानीको माग रहेको भए पनि हाल ५० लाख लिटरमात्रै आपूर्ति हुँदै आएको छ ।
मुहान सुक्दा समस्या
यसरी खानेपानीको समस्या हुनुका कारण मुहान सुक्नु नै रहेको कोषाध्यक्ष थापाले बताए । उनका अनुसार हाल खानेपानीका दगेरा र बाख्रेका मुहान सुकेका छन् । ती तुलसीपुर खानेपानीका अस्थायी मुहान हुन् । त्यस्तै पहरे, धैरेनी, मुलकोट र चिसापानीका मुहानमा पानीको सतह घटेको छ । विगतभन्दा पानीको सतह घटेका कारण आपूर्तिमा समस्या रहेको थापाले बताए ।
त्यस्तै, तुलसीपुर–६ कभर्डहल नजिकको डिपबोरिङसमेत सुकेको छ । गोलौरा र कार्यालय परिसरमा रहेको डिपबोरिङमा पनि पानीको सतह घटेको छ । कार्यालय परिसरको बोरिङमा १५ मिनेटमा छ हजार लिटरको ट्याङ्कर भरिने गरेको भए पनि हाल उक्त ट्याङ्कर भरिन ३५ मिनेटभन्दा बढी समय लाग्छ ।
पढ्ढाका दुईवटा बोरिङबाट अहिले नयाँ पानी आपूर्ति भएकाले डुम्रीगाउँलगायतका स्थानमा भने केही सहज भएको छ । त्यस्तै, विद्युत् अनियमितताले गर्दा पनि केही समस्या भने पारिरहेको छ । हाल तुलसीपुर खानेपानीका १० हजारभन्दा बढी धारा छन् ।













समाचार
प्लास्टिक सर्जरी अब सौन्दर्यसँगै जटिल रोग र दुर्घटनामा जीवन बचाउने प्रभावकारी माध्यम बन्दै
“सुजुकी पर्वोत्सव” – दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना
युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष
एड्भान्स अटोमोबाइलले ल्यायो लक्जरी इभी ‘होङ्ची ई–एचएस४’, बुकिङ खुला
नयाँ टाटा पन्च इभीको भोलिबाट मूल्य एक लाख बढ्ने
हाथवेको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
‘मलाई विगतदेखि नै न्यायालयले बचाएको छ, विशेष महाधिवेशनबाट पनि न्याय पाउनेछ: देउवा
‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’
दैनिक ५०–६० सिलिन्डर खपत हुने होटलमा २०० सिलिन्डर मौज्दात अस्वाभाविक होइन : चेम्बर