
काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ असार १९ गतेसम्म २४.९ प्रतिशत सम्पन्न भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ४२ हजार ३५७.९६ हेक्टर (१५.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ । मधेस प्रदेशमा ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर (१५.६४ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
बागमती प्रदेशमा १ लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार २६.१७ हेक्टर (३३.२१ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१.४ हेक्टर (३८.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७०.८७ हेक्टर (२०.८० प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ । कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर (२८.१५ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
सबैभन्दा बढी प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ । त्यहाँ १ लाख ५४ हजार ९५० हेक्टरमध्ये ८९ हजार ७४२ हेक्टर (५७.९२ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।यस वर्ष भने मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा धान रोपाइँको गति सुस्त रहेको देखिएको मन्त्रालयको तथ्यांकले जनाएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम