
काठमाडौं । देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । केहीमा भने हावाहुरीको पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागले राति देशभर अधिकांश बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस, कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका साथै सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थान तथा मधेस र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । त्यसैले पूर्वी नेपालमा भन्दा पश्चिम नेपालमा वर्षा धेरै भइरहेको छ ।












समाचार
विश्वकप फुटबल : अमेरिका पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा
मल्टीपर्पस फाइनान्सको साढे ३० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ
बिमितलाई दावि भुक्तानी रकम लिन आउन नेशनल लाइफको आग्रह
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
विश्वक फुटबल : पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश