
काठमाडौं । निर्वाचन आयोगले कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीको बिदाइ गरेको छ । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले आयोगको गरिमा अभिवृद्धि गर्न खेलेको भूमिकाप्रति आभार एवं कृतज्ञता व्यक्त गरे। प्रवक्ता भट्टराईले उनलाई एक मृदुभाषी, कानुनविद् र कठिन परिस्थितिमा मार्गनिर्देशन गर्ने अभिभावकका रूपमा चित्रण गरे ।
राष्ट्रलाई संकट परेका विभिन्न परीक्षाहरूमा उनले आफ्नो योगदानमार्फत आफूलाई एक अब्बल नेतृत्वका रूपमा स्थापित गरिसकेको भट्टराईको भनाइ छ । आयोगमा आउनुअघि नै वरिष्ठ अधिवक्ताका रूपमा स्थापित व्यक्तित्व बनाएका उनको कार्यक्षमतामा आयोगको अनुभवले थप निखार ल्याएको भट्टराईले गरेका थिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले २०८२ सालको भदौमा भएको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकेको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेतृत्व गर्न सफल भए । निर्वाचन हुने वा नहुने अनिश्चितताको समयमा सही निर्णय र सही बाटोबाट राजनीतिक दल, जेनजी पुस्तालाई निर्वाचनमा सहभागी गराउने भूमिका उनले खेलेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय
झ्याप्प-झ्याप्प” बत्ती जाने समस्या: समाधान अभियान सुरु
भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणलाई तीव्रता दिइने, ५ अर्बको स्रोत सुनिश्चित : गृहमन्त्री गुरुङ
गढीमाई नगरपालिकाका नगर प्रमुखसहित ४ जना र निर्माण कम्पनीविरुद्ध २ करोड ५७ लाख भ्रष्टाचार मुद्दा
सरकारको सयदिने कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति हासिल भएको अर्थमन्त्रीको दाबी
धान रोपाइँ झण्डै १३ प्रतिशतले कम
दैलेख दुर्घटना: कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो
बालेनले भेटे एडीबीका अध्यक्ष मासातो कान्डा
कालोसूचीमा सहजीकरण, कर्जा पुनरुत्थान र विद्युतीय सवारी प्रयोगमा जोड
बैंक शाखा विस्तार र बन्दमा लचक नीति, बैंकहरूको सञ्चालन खर्च घट्ने : मौद्रिक नीति