
काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक सरेको छ। यसका कारण मुलुकभरको मौसममा बदली आएको छ।
अहिले देशभर अधिकांश क्षेत्रमा बादल लागेको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि पानी परिरहेको महाशाखाले जनाएको छ।
सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। वर्षा र हिमपातको कुरा गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा पनि यस्तै मौसमी प्रणाली देखिने छ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन