
झापा । झापाका विभिन्न स्थानमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स), बिल बुक र बिमाबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी तथा अटोहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।
‘आवश्यक कागजात बिना अटो र सिटी सफारी सञ्चालन भइरहेका छन्’ भन्ने जनगुनासो प्राप्त भएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले शनिबार विशेष ‘चेकिङ अपरेसन’ सञ्चालन गरेकामा कारबाहीमा परेका सिटी सफारी र अटोको विवरण आज सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार अपरेसनका क्रममा २८५ सिटी सफारी र ७३ वटा अटो गरी ३५८ वटा सवारीसाधन चेकजाँच गरिएको थियो । तीमध्ये आवश्यक कागजात नबोकी चलाइएका १६८ वटा अटो तथा सिटी सफारीलाई नियन्त्रणमा लिई कारबाही गरिएको उनले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाही गर्दा रु. दुई लाख १० हजार राजस्व संकलन भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । यस्तै, चेकिङका क्रममा तत्काल आवश्यक कागजात पेस गर्न नसकेका २७ वटा सवारीसाधनलाई भने प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान तथा प्रक्रिया अगाडि बढाइएको उनले बताए ।












समाचार
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘कल बाइसपास’मा संलग्न ४ जना पक्राउ
गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइयो
पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री पौडेलको जोड
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
ब्रड पिक हिम पहिरो अपडेट : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग