
जनकपुरधाम। पूर्वाधार विकास कार्यालय जनकपुरधामले गत आवमा आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधारतर्फ प्रगति हासिल गरेको जनाएको छ । कार्यालयका अनुसार उक्त अवधिमा धनुषाका विभिन्न स्थानमा ५७ किलोमिटर सडक ढलान तथा २२ कल्भर्ट निर्माण सम्पन्न गरिएको छ । त्यसैगरी २२ दशमलव पाँच किलोमिटर सडकमा ग्राभेल र एक किमी सडक कालोपत्र गरिएको कार्यालय प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए। उनका अनुसार सोही अवधिमा सात किलोमिटर सडक मर्मत–सम्भारको काम पनि सम्पन्न भएको छ ।
निरन्तरको पहल र प्रयासपछि आर्थिक वर्ष २०८२/८३ मा जनकपुरधाममा बिपी स्मृति सभाहल तथा सबैलामा योगनारायण स्मृति सभाहल निर्माण सम्पन्न भएको उनले बताए । उक्त अवधिमा धनुषाका विभिन्न स्थानमा २२ सामुदायिक भवन र दुई वटा सभाहल निर्माण सम्पन्न गरिएको पनि उनले जानकारी दिए ।
मधेस प्रदेश सरकारद्वारा धनुषामा सञ्चालित ३२ वटा बहुवर्षीय योजनामध्ये अधिकांश योजनाको काम अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख साहका अनुसार बहुवर्षीय योजनाअन्तर्गत सञ्चालित ‘एक निर्वाचन क्षेत्र सडक कार्यक्रम’ पनि अन्तिम चरणमा पुगेको छ ।
उक्त कार्यक्रमअन्तर्गत सबै निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटर सडक निर्माण तथा कालोपत्र गरिने योजना रहेको छ ।
यसैबीच, बहुवर्षीय योजनाअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–१ स्थित जलाद खोलामा पुल निर्माण तथा धनुषाको भिमानदेखि महनगाछी–किसनपुरसम्म सडक कालोपत्रको काम सम्पन्न भइसकेको प्रमुख साहले बताउनुभयो । जनता आवास कार्यक्रमअन्तर्गत धनुषा र महोत्तरीमा सञ्चालित आवास कार्यक्रमअन्तर्गत ७९६ आवासमध्ये ६३८ आवास निर्माण सम्पन्न भइसकेको छ । बाँकी आवास सम्बन्धित अदालतमा मुद्दा विचाराधीन रहेकाले रोकिएको प्रमुख साहले बताए ।
यस्तै धनुषामा महेन्द्र नारायण निधि विपन्न आवास योजनाअन्तर्गत धनुषामा १०५ आवासमध्ये ७१ वटा आवास भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी ३४ वटा भवन निर्माणाधीन अवस्थामा रहेको प्रमुख साहको भनाइ छ । विपन्नसँग मदन भण्डारी विपन्न आवास योजनाअन्तर्गत धनुषामा ५५ आवास भवनमध्ये २९ वटाको निर्माण कार्य सम्पन्न भएको र बाँकी निर्माण भइरहेको प्रमुख साहले बताए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम