
झापा । झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली सङ्लन अभियानअन्तर्गत हालसम्म थपिएका नयाँ मतदातामध्ये अधिकांशले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार गत चैत २२ गतेपछि बिहीबारसम्म १० हजार ३५९ जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये सात हजार ८०१ जनाले राष्ट्रिय परिचयपत्रमार्फत र दुई हजार ५५८ जनाले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । नयाँ मतदातामध्ये पाँच हजार ३३३ पुरुष र पाँच हजार २६ महिला रहेका छन् ।
जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता थिए । जसमध्ये तीन लाख ५५ हजार १८३ महिला र तीन लाख ५८ हजार ३६४ पुरुष रहेका थिए ।
निर्वाचन अधिकारी नेपालले राष्ट्रिय परिचयपत्रको प्रयोगसँगै मतदाता नामावलीमा नाम दर्ता गर्न नागरिकको पहुँच सहज बन्दै गएको बताए । उनले समयमै नामावली अद्यावधिक गर्न सबै योग्य नागरिकलाई आग्रह गर्दै निर्वाचनको आधारभूत तयारीका रूपमा सही र अद्यावधिक मतदाता नामावली आवश्यक हुने उल्लेख गरे।
यसैबीच, निर्वाचन आयोगको निर्णयअनुसार आगामी असोज १ गतेदेखि मसान्तसम्म स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ तथा मृत्यु भएका व्यक्तिको विवरण वडा तहबाटै अद्यावधिक गर्ने व्यवस्था लागू गरिएको छ । यसका लागि सङ्घीय सरकारले स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिइसकेको छ ।













समाचार
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान