
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई भूकम्प प्रतिरोधी नयाँ घर बनाएर हस्तान्तरण गरेको छ । नगरपालिकाले प्रतिपरिवार ५ लाख रुपैयाँ लगानीमा दुई कोठाको एकतले घर निर्माण गरिदिएको हो ।
लामो समयदेखि जीर्ण घरमा बस्दै आएका हलेसी तुवाचुङ–२ डिकुवाका देशवीर राई, वडा नं ६ मङ्गलटारका अपाङ्गता भएका दाजुबहिनी चामे र भया दमाई तथा घरविहीन अवस्थाका वडा नं १० अर्खौलेका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले नयाँ घर हस्तान्तरण गरेको छ । नयाँ घर पाएपछि उनीहरू हर्षित भएका छन् ।
अर्खौलेका टेकबहादुर सार्कीको परिवार १२ वर्षदेखि गाउँबाहिर विभिन्न स्थानमा बस्दै आएकामा अघिल्लो वर्ष गाउँ फर्किएर अरूकै घरमा आश्रय लिइरहेको थियो । त्यस्तै डिकुवाका देशवीर राई दम्पती पनि जीर्ण कटेरोमा जोखिमपूर्ण बसोबास गर्दै आएका थिए ।
नगरपालिकाको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत ती घरहरू निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिइन् । “नगरभित्रका नागरिकको सुरक्षित आवास सुनिश्चित गर्न विपन्न परिवारलाई घर बनाएर दिएका हौँ,” नगर प्रमुख राईले भनिन्, “काठमाडौँ वा तराईका जिल्लाबाट घरटहरा भत्काइएपछि विस्थापित भई गाउँ फर्कन चाहने नगरवासीका लागि पनि जग्गा भएमा ५ लाख बराबरको घर बनाइदिने निर्णय गरेका छौँ ।” नगरपालिकाको १३६ औँ कार्यपालिका बैठकले विपन्न परिवारलाई घर निर्माण गरिदिने निर्णय गरेको थियो ।













समाचार
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ पर्व
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात