
काठमाडौं । खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन तथा बजारमा हुनसक्ने अनियमितता रोक्न रसुवाको धुन्चे बजारमा आकस्मिक अनुगमन गरिएको छ।
जिल्ला बजार अनुगमन समितिले शनिबार साँझ गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुन्चे बजारमा विशेष अनुगमन गरेको हो। स्थानीयले बजारमा ग्यास अभाव देखाएर लुकाइछिपाइ राखिएको गुनासो गरेपछि समिति, नेपाल प्रहरी र स्थानीय प्रशासनको सहभागितामा अनुगमन गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बजार अनुगमन समितिका संयोजक द्रुवप्रसाद अधिकारीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विभिन्न ग्यास डिपो तथा किराना पसलको निरीक्षण गरिएको थियो।
अनुगमन टोलीले ग्यास सिलिन्डरको मौज्दात, मूल्य तथा बिक्री वितरणको अवस्थाबारे जानकारी लिएको थियो। बजारमा कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा ग्यास बिक्री गर्ने प्रवृत्ति रोक्न र उपभोक्तालाई ठगीबाट जोगाउन व्यापारीलाई सचेत गराइएको अधिकारीले बताए।
शनिबार बिदाको दिनसमेत उपभोक्ताको हितलाई ध्यानमा राखेर गरिएको अनुगमनले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन तथा बजार अनुशासन कायम गर्न सहयोग पुग्ने समितिले जनाएको छ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि