
काठमाडौं। टाटाको सिएरा इभी नाडा अटो शोमा सार्वजनिक गरिएको छ। सिप्रदी ट्रेडिङले मंगलबार सुरु भएको नाडा अटो शोमा सार्वजनिक गरेको सिएरा इभीमा ७५ किलोवाट आवरको ब्याट्री छ। यसले ५३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
सिएरा इभीको रियर-ह्वील ड्राइभ भेरियन्टमा १७५ किलोवाट र अल-ह्वील ड्राइभ भेरियन्टमा २२५ किलोवाट क्षमताको मोटर उपलब्ध छ। यसको अधिकतम टर्क ५०४ एनएम छ। डिजाइनका हिसाबले सिएरा इभीमा अगाडि फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडल्याम्प, फ्लस-टाइप डोर ह्यान्डल तथा सिग्नेचर सिएरा रियर क्वार्टर ग्लास छ। यसमा १८ इन्चको अलोय ह्वील, रुफ स्पोइलर र शार्क-फिन एन्टेनासमेत उपलब्ध छन्। अगाडि अल्ट्रा गाइड सस्पेन्सन र पछाडि इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरिएको छ। यसमा फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पिङ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ।
टाटा मोटर्सले सिएरा इभीको इन्ट्री भेरियन्टमै भ्वाइस-असिस्टेड प्यानोरामिक सनरुफ उपलब्ध गराएको छ। उच्च ग्राउण्ड क्लियरेन्स, बक्सी डिजाइन र आकर्षक लुकमा तयार गरिएको यो एसयूभीको क्याबिन पनि फिचरले भरिएको छ। एक्टी डट इभी प्लेटफर्ममा निर्माण गरिएको सिएराको क्याबिन डुअल-टोन थिममा तयार गरिएको छ। यसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले, ८-स्पीकर अडियो सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस एन्ड्रोइड अटो, स्टेयरिङ-माउन्टेड कन्ट्रोल तथा किलेस इन्ट्रीजस्ता फिचर उपलब्ध छन्।
सिएरा इभीमा आईआरए डट इभी कनेक्टेड कार सुइट पनि दिइएको छ। यसमा ७० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर उपलब्ध छन्। ५जी कनेक्टिभिटीसहितको एसयूभीमा वायरलेस चार्जिङ तथा १५ वटा मल्टिमिडिया फिचरसमेत दिइएको छ। सिएरा इभीमा सुरक्षातर्फ पर्याप्त फिचर समावेश गरिएको छ। यसमा ६ वटा एयरब्याग तथा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्रामअन्तर्गत १९ वटा सुरक्षा फिचर उपलब्ध छन्।
सबै पांग्रामा डिस्क ब्रेक प्रयोग गरिएको छ। त्यस्तै, इन्ट्री भेरियन्टमै रियर पार्किङ सेन्सर तथा डाइनामिक गाइडलाइनसहितको रियर क्यामेरा उपलब्ध छ।













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित