
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा स्याउ खेती गरिएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले तातोपानीको बाँजारावलमा रहेको स्याउ बगैँचा जिल्लाकै नमुना बगैँचा भएको बताए ।
यहाँका करिब ५२ किसान मिलेर सामूहिक रूपमा स्याउ खेती गरेका छन् । यो वर्ष मात्र छ हजार ५०० बिरुवाले फल दिन थालेको छ । उक्त स्याउ बगैँचामा करिब ३४ देखि ३५ मेट्रिक टन अनुमानित स्याउ उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । सो बगैँचाबाट मात्र रु. ३० लाख बराबरको स्याउ बिक्री हुने अनुमान गरिएको छ । अहिले जिल्लाभर औसत प्रतिकिलो स्याउ रु. ९० मा व्यापारीले खरिद गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । जुम्लामा झन्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ । चालु आवमा झन्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य कार्यालयले लिएको प्रमुख अधिकारीको भनाइ छ ।
गुणस्तरीय स्याउ उत्पादन र पहिचानलाई कायम राख्न, बजारमा जाने काँचो स्याउलाई रोक्न सबै निकायको सहकार्यबाट मात्र सम्भव हुने प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले बताए । यहाँको स्याउलाई बजारीकरण गर्नका लागि पालिकाले आवश्यक काम अगाडि बढाएको छ । पालिकाको बाँजारावलामा लटरम्म फलेका स्याउ बगैँचाले यहाँको सौन्दर्य मनमोहक बनाएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए । यो याममा जिल्लाका किसानलाई स्याउ टिप्न चटारो परेको कृषि विकास कार्यालयले जनाएको छ ।












समाचार
आधा घण्टामा ३ मिटर बढ्यो त्रिशूलीको जलसतह
बाढी प्रभावित क्षेत्रमा बैंकिङ शाखा स्थानान्तरणका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु
दरमखोला हाइड्रो इनर्जीको साधारणसभा स्थगित
कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा