
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा स्याउ खेती गरिएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले तातोपानीको बाँजारावलमा रहेको स्याउ बगैँचा जिल्लाकै नमुना बगैँचा भएको बताए ।
यहाँका करिब ५२ किसान मिलेर सामूहिक रूपमा स्याउ खेती गरेका छन् । यो वर्ष मात्र छ हजार ५०० बिरुवाले फल दिन थालेको छ । उक्त स्याउ बगैँचामा करिब ३४ देखि ३५ मेट्रिक टन अनुमानित स्याउ उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । सो बगैँचाबाट मात्र रु. ३० लाख बराबरको स्याउ बिक्री हुने अनुमान गरिएको छ । अहिले जिल्लाभर औसत प्रतिकिलो स्याउ रु. ९० मा व्यापारीले खरिद गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । जुम्लामा झन्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ । चालु आवमा झन्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य कार्यालयले लिएको प्रमुख अधिकारीको भनाइ छ ।
गुणस्तरीय स्याउ उत्पादन र पहिचानलाई कायम राख्न, बजारमा जाने काँचो स्याउलाई रोक्न सबै निकायको सहकार्यबाट मात्र सम्भव हुने प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले बताए । यहाँको स्याउलाई बजारीकरण गर्नका लागि पालिकाले आवश्यक काम अगाडि बढाएको छ । पालिकाको बाँजारावलामा लटरम्म फलेका स्याउ बगैँचाले यहाँको सौन्दर्य मनमोहक बनाएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए । यो याममा जिल्लाका किसानलाई स्याउ टिप्न चटारो परेको कृषि विकास कार्यालयले जनाएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम