
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि एनसीसीएस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।
एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टाछुट्टै रूपमा उक्त सहयोग गरेका हुन्। नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख तथा नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)ले ४ लाख रुपैयाँ सहयोग गरेका छन्।
विपद्का समयमा प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ। भोटेकोशी बाढीबाट रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि खोज तथा उद्धारसँगै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने अभियान जारी छ।
विगत साढे दुई दशकदेखि नेपालको सूचना प्रविधि तथा व्यवस्थापन शिक्षामा योगदान दिँदै आएको एनसीसीएस ‘क्युएए सर्टिफाइड’ शैक्षिक संस्था हो। पकनाजोलस्थित एनसीसीएस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। उच्च शिक्षा डिग्री प्राप्त गर्ने माध्यम मात्र नभई व्यक्तित्व, नेतृत्व क्षमता र व्यावसायिक दक्षता विकासको आधार बन्नुपर्ने मान्यताका साथ एनसीसीएसले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सूचना प्रविधि, व्यवस्थापन तथा व्यावसायिक शिक्षामार्फत विद्यार्थीलाई बदलिँदो विश्व बजारका चुनौती सामना गर्न सक्ने सिर्जनशील र दक्ष जनशक्तिका रूपमा विकास गर्दै आएको एनसीसीएसले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्ने गरेकाे छ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम