
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पहेंलो गुम्बामा आवश्यक ६ थान दुई तल्ले खाट हस्तान्तरण गरेको छ ।
देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण उक्त गुम्बामा आश्रित परिवारहरुको तत्कालिन आवश्यकतालाई मध्यनजर गर्दे बैंकले काठमाण्डौं स्थित पहेंलो गुम्बामा थप सहयोग स्वरुप ६ थान दुई तल्ले खाट उपलब्ध गराएको छ । प्रभावित परिवारहरुका लागी दुई तल्ले खाट अत्यावश्यक रहेको पहिचान भए पछि बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । यस सहयोगबाट राहत तथा आश्रय स्थलमा बसोबास गरि रहेको प्रभावित परिवारहरुलाई थप सहजता पुग्ने बैंकले विश्वास लिएको छ ।
यस अघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ सय साथै प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे थियो ।
त्यसै गरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।
साथै बैंकले प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बैंक लि. ले सामाजिक उत्तरदायित्व अन्र्तगत देशको सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रम संचालन गरेको थियो ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम