
दार्जिलिङमा आयोजित ग्लोबल शेर्पा मिट–२०२६ मा इतिहास, संस्कृति र समसामयिक चुनौतीबारे छलफल |
सोनादा, दार्जिलिङ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङको सोनादामा पूर्वी हिमालयका शेर्पा समुदायबारे पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ग्लोबल शेर्पा मिट–२०२६ अन्तर्गत दोस्रो दिन शुक्रबार आयोजित सम्मेलनमा दार्जिलिङ, सिक्किमलगायत विभिन्न क्षेत्रका शेर्पा समुदायका प्रतिनिधि, अगुवा, विद्वान् तथा विद्यार्थी सहभागी भएका थिए ।
अल इन्डिया शेर्पा बुद्धिस्ट एसोसिएसनले ग्लोबल शेर्पा एसोसिएसनसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा सिक्किम विधानसभाका सभामुख एम. एन. शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यस्तै विद्यार्थी कल्याण बोर्डका अध्यक्ष सोनाम छोपेल शेर्पा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

सम्मेलनमा विभिन्न देशमा रहेका शेर्पा संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत सहभागिता थियो । कार्यक्रममा विद्वान् तथा अनुसन्धानकर्ताहरूले शेर्पा समुदायको इतिहास, संस्कृति, परम्परा र वर्तमान अवस्थासँग सम्बन्धित विभिन्न विषयमा अनुसन्धानपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनले पूर्वी हिमालयसहित विश्वभर छरिएर रहेका शेर्पा समुदायबीच ज्ञान, अनुभव र विचार आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।

शेर्पा समुदायको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण, समुदायले सामना गरिरहेका समसामयिक चुनौतीमाथि छलफल तथा विभिन्न देशमा रहेका शेर्पाबीच एकता, सहकार्य र आपसी सम्बन्ध सुदृढ बनाउने विषय सम्मेलनका प्रमुख उद्देश्य रहेको छ ।
सम्मेलनले शेर्पा समुदायको ऐतिहासिक पहिचान, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै आगामी पुस्तामा त्यसको हस्तान्तरण गर्ने विषयलाई समेत महत्त्व दिएको छ ।
यो सत्रमा यी विज्ञ तथा अनुसन्धानकर्ताहरुले यी विषयमा बहस तथा छलफल गरेका थिए :
१. प्लेनरी सत्र: ‘समसामयिक शेर्पा विमर्श’ (Contemporary Sherpa Discourse)
सत्र सहजकर्ता डा. साङ्मु थेन्डुप (सहप्राध्यापक, सिक्किम विश्वविद्यालय)
प्यानल वक्ताहरूः
खेन्पो ङवाङ होसेर, ( शेर्पा इतिहासको बारेमा)
दावा शेर्पा, उपाध्यक्ष, नेपाल शेर्पा संघ (संघसंस्था तथा समाजसेवा)
डा. रिन्जिङ ओङ्मु शेर्पा – सहप्राध्यापक, सिक्किम मणिपाल विश्वविद्यालय
डा. विनायक सुन्दास – निर्देशक, सेन्टर फर हिमालयन स्टडिज
दावा शेर्पा – सहप्राध्यापक, दक्षिण एसियाली विश्वविद्यालय
डा. दावा डोमा शेर्पा – सहप्राध्यापक, सरकारी कलेज, सिक्किम
सम्मेलनमा वक्ता तथा अनुसन्धानकर्ताहरूले शेर्पा समुदायको मौलिक इतिहास, भाषा, साहित्य, लोपोन्मुख मौखिक परम्परा तथा आधुनिक युगमा अन्तरदेशीय पहिचानको संरक्षणबारे गहन छलफल तथा दृष्टिकोण प्रस्तुत गरेका थिए।













समाचार
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै