
बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ । डुडुवाको वडा नं १ मा पर्ने होलिया र वडा नं ६ मा पर्ने हिरमिनियामा महिला समूहमा आबद्ध ७३ परिवारलाई दुई सय १९ बाख्रा वितरण गरिएको दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनारले जानकारी दिइन् ।
‘विपन्न, दलित तथा सीमान्तकृत समुदायलाई बाख्रापालनको माध्यमबाट आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको हो’, उनेले भनिन्, ‘प्रतिपरिवारलाई तीनका दरले बाख्रा वितरण गरिएको छ ।’ गाउँघरमा बाख्रा पाल्नका लागि पर्याप्त घाँस तथा दाना पाइने र चाँडो समयमा आम्दानी गर्न सकिने हुँदा गरिब तथा विपन्न दलित परिवारलाई बाख्रा वितरण गरिएको उनको भनाइ छ । बाँकेको हिरमिनिया र होलिया क्षेत्र कृषि तरकारी तथा पशुपालनको पकेट क्षेत्रका रुपमा रहेको छ । निर्वाहमुखी बाख्रापालन गर्दै आएका किसानलाई सीप र बजारीकरणमा सहयोग गर्दै व्यावसायिक बनाउन प्रोत्साहनका लागि बाख्रा वितरण गरिएको सुनारको भनाइ छ ।
होलिया र हिरमिनियाका गाउँबस्तीमा गठन भएका महिला समूहमा आबद्ध किसानलाई बाख्रापालन परियोजनाअन्तर्गत बाख्रा सहयोग गरिएको अध्यक्ष सुनारले जानकारी दिइन् । निःशुल्क रुपमा आफ्नै गाउँघरमा तीन बाख्रा पाएपछि स्थानीय खुसी भएका डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्राले बताए । उनले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक उन्नतिमा बाख्रापालन सहयोगी बन्ने अपेक्षा व्यक्त गरे ।
दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत तथा सेवामा पहुँच अभिवृद्धि गर्न समूह गठन गरी महिलाको आवश्यकता र रुचि तथा सीपअनुसार संस्थाले सहयोग गर्दै आएको दलित महिला संघकी परियोजना संयोजक दिलासा गौतमले बताइन् । उनका अनुसार दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सशक्तीकरण गराउँदै वडा एवं गाउँपालिका स्तरका संरचनामा सहभागी बनाउन जिल्लाको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा २० देखि २५ सदस्य रहेका ५४ महिला समूह गठन गरेर दलित महिला संघ बाँकेले काम गरिरहेको छ ।













समाचार
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा
राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे