
मंगलबार अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य पनि घटेको छ । अघिल्लो दिन स्थिर रहेको डलरको मूल्य आज केही घटेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा रहेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा रहेको थियो ।
त्यस्तै आज युरोको विनिदमयदर पनि केही घटेको छ । आज एक युरोको खरिददर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४७ रुपैयाँ ७९ पैसा र बिक्री दर १४८ रुपैयाँ ४५ पैसा रहेको थियो । यसैगरी मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १३ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७३ रुपैयाँ ४८ पैसा र बिक्री दर १७४ रुपैयाँ २५ पैसा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६४ पैसा र बिक्री दर ९० रुपैयाँ ४ पैसा रहेको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा रहेको छ । मंगलबार सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ १८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६४ पैसा कायम भएको ।
आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९ रुपैयाँ २० पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६८ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ । मंगलबारका लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा तोकेको छ ।
त्यस्तै मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ५६ पैसा र बिक्री दर ३० रुपैयाँ ७० पैसा रहेको छ । मंगलबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १ पैसा छ भने बिक्री दर १० रुपैयाँ ५ पैसा रहेको छ ।













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’