
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा सोलुखुम्बु जिल्लाको प्रमुख धार्मिकस्थल सोलुदूधकुण्ड नगरपालिका वडा नं १ मा अवस्थित ४६०० मिटर उचाइमा रहेको दूधकुण्डमा तीर्थयात्रामा आउने तिर्थयात्रीहरुको उचाइका कारण लाग्ने स्वास्थ्य समस्यालाई मध्यनजर राखि २०८१ भदौ १–३ मा संचालन गरेको स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त स्वास्थ्य शिविर दूधकुण्ड जादाबखतको कामुडाँडा, बाटोका विभिन्न स्थान हुँदै दूधकुण्डमा समेत सञ्चालन गरिएको थियो । उचाइका कारण टाउको दुख्ने, बान्ता हुने, रक्तचापमा वृद्धि, झाडापखाला, रिगटा लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका तिर्थयात्रीहरुलाई रेडक्रस स्वयंसेवक सँगै रहेका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच तथा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
रेडक्रसले संचालन गरेका स्वास्थ्यशिविरअन्र्तगत कामुडाँडा तथा बाटोमा गरि १३५ जनालाई औषधि वितरण, १४३ जनाको स्वास्थ्य परीक्षण (अक्सिजन लेभल, प्रेसर) गरिएको थियो । दूधकुण्डमा भने ५६७ जनालाई औषधि वितरण तथा स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त कार्यक्रम सञ्चालन गर्नका लागि १० जना स्वयंसेवक परिचालन गरिएको थियो ।
कार्यक्रम सञ्चालनका लागि आवश्यक औषधि तथा स्वयंसेवकहरुको खाना तथा आवास व्यवस्थापन तथा सामग्रीहरु व्यवस्थापन नेपाल लाइफ इन्स्यनोरेन्स कम्पनीले सहयोग उपलब्ध गराएको थियो ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित