
बागलुङको बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उनले चारवटा प्लास्टिक टनेल बनाएर खेती गरिरहेकी छिन् ।
दुईवटा भैँसी पाल्दै आएका क्षत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गरिन् । उनले अहिले तरकारी खेतीबाट आत्मनिर्भर बनेकी छन् । उनका तीन टनेलमा घिरौला, लौका, टमाटर, धनिया र तिते करेला छन् । तरकारी खेतीबाट हुने आम्दानीले एउटा छोरी र श्रीमानसहितको जिविका चलाएर केही रकम बचत गर्दै आएकी छिन् । उनले च्याउ खेती पनि गरेकी छन् । च्याउ खेतीका लागि क्षत्रीले छुट्टै टनेलको व्यवस्था समेत गरिएको छ । अन्य तरकारीबाट हुने आम्दानीको तुलनामा च्याउ खेतीबाट दोब्बर आम्दानी हुने क्षत्रीले सुनाइन् । स्मृति कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर तरकारी खेती गर्दै आएकी क्षत्रीले च्याउ खेतीमा जोड दिएको सुनाइन् ।
उनले च्याउखेती थप विस्तार गर्ने योजनामा रहेको बताइन् । ‘परिवारको खर्च चलाउन चार वर्ष अघिदेखि साँढे तीन रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै डोकोमा बोकेर बागलुङ बजार लगेर बिक्री गर्दै आएको थिएँ’, उनले भनिन्, ‘छ महिना अघि बागलुङ नगरपालिकाले प्रदान गरेको तीन दिने च्याउखेती तालिमले मलाई बल्ल राहत दियो ।’ दुई सय किलो च्याउ बिक्री गरिसकेको र अझै दुई सय ५० केजीदेखि तीन सय केजी च्याउ उत्पादन हुने आशामा रहेको उनले सुनाइन् । च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने गरेको उनले जानकारी दिइन् ।
बेनी नगरपालिका–२ बौरस्थित माइतीगाउँका महिला तरकारी खेतीबाट आयआर्जन गर्न सफल भएको देखेर व्यावसायिक तरकारी खेती थालेको क्षत्रीको भनाइ छ । जग्गा आफ्नै र बिक्रीसमेत आफले बजार पुगेर गर्दा बचत धेरै हुने गरेको छ । बिचौलियासमेत आवश्यक नपर्ने उनको अनुभव छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द