
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी÷कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ । हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।
कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिएका छन् । यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बनेका छन् । महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त भएका छन् ।
प्रकाश अधिकारी उपमहासचिव चयन भएका छन् । मनिषकुमार सुमन पार्टीको प्रवक्ता बनेका छन् । त्यसैगरी, दीपक कार्की र रेखा यादव पनि उपमहासचिव नियुक्त भएको जनाइएको छ ।
जसपा नेपालको सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा सुरिताकुमारी साह चयन भएका छन् ।













समाचार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन