
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले हिजोको कुराबाट त्रसित नभएर व्यवसाय गर्नका लागि आग्रह गरे । आज काठमाडौंमा नाडा अटो सो २०२४ को उद्द्धाटन गदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अहिलेको सरकार सबै क्षेत्रमा सुधार गर्न तयार रहेको भन्दै व्यवसायीलाई ढुक्क भएर काम गर्नका लागि उनले अनुरोध गरे । ‘विगतका कुराबाट त्रसित नहुनुहोस् । अहिलेको सरकार व्यवसायीहरुलाई सक्दो सहयोग गर्छ,’ उनले भने । सबै क्षेत्रमा सुधारका लागि सरकारले काम गर्ने भन्दै उनले व्यवसाय मैत्री वातावरणका लागि सरकार तयार रहेको उनले बताए । ‘नेपालको हिसावमा अहिलेको जस्तो स्थिर सरकाकर बन्न सने अवस्था छैन । त्यसैले व्यवसायीका लागि मात्रै होइन सबै क्षेत्रका लागि यो स्थिर सरकार नै हो,’ उनले भने ।
ईभीको लागि पनि सरकारले समय सान्दर्भिक नीति बनाउने उनको भनाइ छ । मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्न नसकेको भए त्यसमा सुधार गर्न सरकार तयार रहेको उनले बताए । आयोजना सुरु गरे पछि समयमा नसिकने गरेकाले समस्या रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । सरकार अहिले गुणस्तरीय र समयमा आयोजना सक्ने तर्फ लागेको पनि उनले बताए ।













समाचार
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु
ब्रोकर नं. ९३ को कारोबार रोक्काको निर्णयप्रति संघको ध्यानाकर्षण
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
स्वस्तिक लघुवित्तको सातौँ वार्षिक साधारणसभा भदौ २७ गते, हकप्रद सेयर निष्कासन मुख्य एजेण्डा
नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै
प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च
युनाइटेड अजोड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर नेप्सेमा सूचीकृत
स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा