
जेम्स रोड्रिग्वेज स्पेनिस लिगमा फर्किएका छन्। रियल मड्रिड छाडेर इङ्लिस प्रिमियर लिगमा एभर्टनमा आबद्ध भएको चार वर्षपछि कोलम्बियाका प्लेमेकरलाई स्पेन फर्काउने सम्झौतामा हस्ताक्षर गरेको मड्रिड क्लब रायो भालेकानोले सोमबार जनाएको छ।
कोलम्बियालाई कोपा अमेरिकाको उपविजेता बनाएपछि ३३ वर्षीय रोड्रिग्वेजले ब्राजिलियन क्लब साओ पाउलोसँगको सम्झौता रद्द गरेका थिए। उनलाई साउदी अरब र संयुक्त राज्य अमेरिकाका क्लबहरूबाट प्रस्ताव आएको बताइएको छ।
रियाल सोसिडाडमाथि २–१ को जित र गेटाफेसँग ०–० को बराबरी खेल्दै रायोले लिगको सुरुआत गरेको थियो। ‘रायोजस्तो ऐतिहासिक क्लबमा सामेल हुन पाउँदा मलाई निकै खुसी लागेको छ,’ रोड्रिग्वेजले भने।
फेसबुक प्रतिक्रिया













समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प