
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ विद्या र परीक्षा राम्रो हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जनका नयाँ योजना बन्नेछ । वैदेशिक कार्यमा भने समस्या आउने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मित्र वा आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रसन्न रहला । मनोरञ्जन तरिकाले दिन बित्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सेवा गर्ने योग पनि छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा धन खर्च बढ्नेछ । चोटपटकको भय छ अतः स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कूटनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि पनि हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सफल यात्रा हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरायसी झमेलामा परिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । मानसिक चिन्ता पनि बढ्ला ।













समाचार
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु