
काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको दुरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र (लाइसेन्स) नवीकरण भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार आगामी ५ वर्षका लागि एनसेलको इजाजतपत्र नवीकरण गरिदिएको हो ।
एनसलेले ४ किस्तामा २० अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ । यसका लागि पहिलो किस्तावापत ५ अर्ब रुपैयाँ तिरेको छ भने अब यसले ३ किस्तामा १५ अर्ब रुपैयाँ तिर्नुपर्ने निर्णय नेपाल दुरसञ्चार प्राधिकरणले गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार पहिलो किस्ताको ५ अर्ब तिरेर एनसेल नवीकरण भएको बताइएको छ । प्राधिकरण स्रोतका अनुसार एनसेलले बाँकी ३ किस्ता बापतको १५ अर्ब प्रत्येक वर्ष ५–५ अर्बको दरले तिर्नेछ । जसमा प्रत्येक वर्ष बाँकी रकममा १० प्रतिशत ब्याज दस्तुर पनि लाग्नेछ । यस्तै एनसेलले चाहेमा किस्ता रकम अगाडिनै पनि तिर्न सक्नेछ ।
एनसेलले नवीकरणका लागि गत जेठमा नै नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिएको थियो । तर भदौ १३ गते मात्रै मन्त्रिपरिषद्ले चार किस्तामा बक्यौता बुझाउन सक्ने सुविधासहित एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको थियो । एनसेलको जिएसएम लाइसेन्सको २० वर्षे म्याद शनिबार सकिएको थियो ।













समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर