
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन्। नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा हवाई भाडा सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले घटेको छ ।
काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको यस्तो भाडादरमा सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँ र सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ र घटेको छ । घटेको हवाई भाडा भोलि बुधबारदेखि नै लागू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
आयल निगमले हवाई इन्धनको मूल्य ५ रुपैयाँसम्मले घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरुले पनि इन्धनको मूल्य समायोजन गरेर हवाई भाडा घटाउने वा बढाउने गरेका छन् । इन्धनको मूल्य घटेपछि वायुसेवा कम्पनीहरुले इन्धनमा लिएको शुल्क घटाउँदा टिकटकै मूल्य नै घटेको छ ।
आयल निगमले १३७ रुपैयाँ प्रतिलिटको हवाई इन्धनको मूल्य घटाएर १३२ रुपैयाँ प्रतिलिटर बनाउँदा प्रतिलिटर ५ रुपैयाँका दरले घटेको छ ।यस्तो मूल्य ३.६५ प्रतिशतले घटेको सोही अनुपातमा आन्तरिक वायुसेवा कम्पनीले पनि इन्धनको शुल्क वापतको रकम घटाएका छन् । सहरी क्षेत्रका विमानस्थल (ट्रंक रुट)मा उड्ने वायुसेवाको इन्धन खर्च प्रति यात्रु प्रतिमिनेट ७०.२१ रुपैयाँ खर्च हुने भएको छ । सोही खर्चको अनुपातलाई हिसाव गरेर हवाई भाडा घटेको हो ।
नयाँ भाडादर अनुसार काठमाडौं विमानस्थललाई आधार बनाएर भएको उडानमा माउन्टेन फ्लाइटमा १ सय ७० रुपैयाँ, भद्रपुर १ सय ५० रुपैयाँ, विराटनगर १ सय २० रुपैयाँ, जनकपुर ६५ रुपैयाँ, भरतपुर ५० रुपैयाँ, पोखरा ८० रुपैयाँ, भैरहवा १ सय ५ रुपैयाँ इन्धनको मूल्य घटेको छ ।
वायुसेवा कम्पनीको लागि इन्धनको लागत घट्दा हवाई भाडा नेपालगन्जमा १ सय ६५, धनगढीमा २ सय २०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा १ सय ७५, राजविराजमा १०० रुपैयाँले घटेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू