काठमाडौं । मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको सेयर बजार आज पनि दोहोरो अंकले घटेर बन्द भएको हो ।
मंगलबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १३ दशमलव ०९ अंकले घटेर २६३२ दशमलव ९४ विन्दुमा पुगेको छ । पछिल्लो सयम लगातार रुपमा सेयर बजार घटिरहेको छ । कारोबार रकममा पनि दिन प्रतिदिन गिरावट आइरहेको छ । मंगलबारको सेयर बजार बन्द हुँदा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ६७ कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
मंगलबार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ९ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज ७ अर्बभन्दा बढीको कारोबार मात्रै भएको छ । आजको सेयर बजार कारोबार बन्द हुँदा ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर ९३ हजार ४५९ पटक खरिद बिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैयाँको मात्रै कारोबार भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८० घटेर ४६७ दशमलव ३८ अंकमा पुगेको छ । आज १३ उपसूचकमध्ये १ उपसूचकको मूल्य बढेको छ भने एउटा उपसूचकको सेयर मूल्य स्थिर रहेको छ । ११ उपसूचकको सेयर मूल्यमा भने गिरावट आएको छ । आज सेयर बजारमा १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार