
काठमाडौं। अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४ को अवसरमा काठमाडौंको कपनस्थित श्याल्पा गुम्बा मा युनिभर्सल पीस स्याङ्क्चुरी द्वारा आयोजित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विश्व शान्ति र एकताको प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान पुर्याउने विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको महत्त्व र युनिभर्सल पीस स्याङ्क्चुरीको मिशनलाई स्पष्ट पार्दै आज हामी शान्ति मनाउन मात्र होइन, हाम्रो उद्दश्यलाई वास्तविकतामा परिणत गराउन प्रतिबद्धता हुन पनि भेला भएका छौं भन्दै युनिभर्सल पीस स्याङ्क्चुरीका सदस्य सुनिल शक्यले स्वागत भाषणले स्वागत गरे ।

कार्यक्रमका अध्यक्ष श्याल्पा तेन्जिन रिन्पोचेले आफ्नो सम्बोधनमा प्रेम र करुणाको जगमा शान्ति स्थापना गर्नुपर्ने कुरालाइ जोड दिनुभयो।शान्तिको माध्यमबाट मात्र विश्वमा दिगो समाधानको खोजी गर्न सकिने उहाँले जोड दिनुभयो विभिन्न धर्मलम्बीहरुको आ आफ्ना गन्तव्य स्थान छन तर विस्श्वमा शान्ति अपरिहार्य छ र त्यो एक मात्र शान्तिको गन्तव्य मात्र नेपालको लुम्बिनी हो । विस्व्मा नै लुम्बिनी एक मात्र शान्तिको गन्तव्य बनाउन विस्व्शान्ती धाम अर्थात युनिभर्सल पिस सन्क्चुरी निर्माणमा आफु लागि परेको पनि बताउनुभयो
।कार्यक्रममा लुम्बिनीमा निर्माणाधीन युनिभर्सल पीस स्याङ्क्चुरीको प्रगतिको विवरण बारे जानकारी दिनुका साथै यस महत्त्वपूर्ण परियोजनामा सहयोग गर्ने सबै सहयोगी दाताहरुलाइ पनि धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा बुद्धनीलकण्ठ नगरपालिकाका मेयर विभिन्न देशका राजदूतहरू, कूटनीतिज्ञहरू, समाजसेवीहरू, र युनिभर्सल पीस स्याङ्क्चुरीका जीवनभरिका सदस्यहरुको बाक्लो उपस्तिथि थियो ।

भगवान बुद्धकी आमा मायादेवीको जीवन र निस्वार्थ मायाको योगदानबारे विशेष चित्रण गरिएको मायादेवी साङ्गीतिक नाटक पनि प्रस्तुत गरियो । यस अवसरमा नेपालका परम्परागत सांस्कृतिक र संगीतका आकर्षक धुनले आतिथ्यलाई थप सत्कार गरिएको थियो।
शान्ति,करुणा र मानवीय समझदारीको माध्यमबाट मात्र युद्ध र द्वन्द्वको विकल्प खोज गर्न सकिन्छ र यहि युनिभर्सल पीस स्याङ्क्चुरीको मुख्य उद्देश्य रहेको पनि योजनाका मुख्य अगुवा श्याल्पा तेन्जिन रिन्पोछेले बताउनु भयो।














समाचार
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
कालिञ्चोक दर्शनले बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित