
काठमाडौ । आज शुक्रबारका उडानहरु खराब मौसम तथा कम भिजिविलिटीका कारण प्रभावित भएका छन् । पश्चिममा नेपालगञ्ज, धनगढी तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु छन् भने अन्य गन्तव्यहरुमा उडान हुन सकेको छैन । आजका माउण्टेन फ्लाइटहरु सबै रद्द भएका छन् ।
पानी परेर कम भिजिबिलीटी भएका कारण भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलको छैन । ती विमानस्थल नखुलेका कारण काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने यात्रुको चाप बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।
विमानस्थल कार्यालयका अनुसार आजको माउन्टेन फ्लाइट ठप्प भएको छ । मौसममा सुधार आएपछि उडान हुने भए पनि अहिले माउन्टेन फ्लाइटबाहेकका सबै उडान ढिलो भएको पनि विमानस्थल कार्यालयको भनाइ छ ।
हाल काठमाडौंबाट यती, बुद्ध र सिम्रिकले सहरी क्षेत्रका विमानस्थलमा उडान गर्छन् भने तारा र समिटले दुर्गम क्षेत्रमा उडान गर्ने गरेका छन् ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार