
गण्डकी । ४५ औँ विश्व पर्यटन दिवसका दिन आज स्थलमार्ग भइ पोखरा आएका तीन पर्यटकलाई पोखरामा विशेष सम्मानसहित स्वागत गरिएको छ । पोखराको अम्मटमा आयोजित एक समारोहबीच पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका तीन जना विदेशी पर्यटकलाई सम्मान गरिएको हो ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले ती पर्यटकलाई संघले निःशुल्क बसोबास र खानपानको व्यवस्था पुरस्कार स्वरुप उपलब्ध गराइएको जानकारी दिए । अतिथि रिसोर्ट एण्ड स्पाः, ग्लेसियर होटल र होटल क्राउन हिमालयजले संघका तर्फबाट ती पर्यटकलाई बसोबास र खानपानको व्यवस्था मिलाइएको उनले जानकारी दिए । पर्यटन दिवसका अवसरमा पोखरा आउने सबै पर्यटकलाई संघले होटलका कोठाको प्रकाशित दररेटमा २० प्रतिशत छुटको व्यवस्था गरेको थियो । हवाईमार्गबाट पोखरा आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम भने प्रतिकूल मौसमका कारण प्रभावित भएको छ ।
स्थलमार्गबाट आउने पर्यटकलाई राष्ट्र बैंक चोकस्थित पर्यटक बसपार्कमा बाजागाजासहित स्वागत गरिएको हो । पोखरा पर्यटन परिषद्को अगुवाइमा तय भएका पर्यटन दिवसका चार दिवसीय कार्यक्रमअन्तर्गत, रेवान पोखराद्वारा मिनी सडक महोत्सव, भिटोफ गण्डकीद्वारा घरबास कार्यक्रम, परिषद्द्वारा टक सो, नारा पोखराद्वारा जलयात्रा, एनटीभीएद्वारा पर्यटक सवारीको ¥याली, टान गण्डकीद्वारा पदयात्रा, नाट्टा गण्डकीद्वारा रक्तदान तथा पर्यटकको स्वागत र पर्यटन मन्त्रालय गण्डकीलगायत विभिन्न संघसंस्थाबाट आरती तथा पर्वतीय दौड जस्ता कार्यक्रम समेटिएका छन् ।
पर्यटन र शान्ति भन्ने मूल नारासाथ आयोजित पर्यटन दिवसका कार्यक्रम शनिबार सकिने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने