
काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आयोजना गरेको इयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिप २०२४ सुरु भएको छ । आज एक कार्यक्रमका बिच धन्यन्तरी फुटसल भेन्युमा फुटसल च्याम्पियन्सीपको सुरुवात भएको हो ।
फुटसल प्रतियोगिताको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै महामन्त्री थापाले धितोपत्र बोर्डले धितोपत्र बजारको उचित नियमन गर्न नसके अहिले सहकारी क्षेत्रमा देखिएको जस्तै समस्या भोलीका दिनमा पुँजी बजारमा समेत देखिन सकिने बताए । महामन्त्री थापाले धितोपत्र सम्बन्धी ऐन अहिले सदनमा संसोधनका क्रममा रहेको र ऐन संसोधनबाट समेत धितोपत्र बजारको जटिलताहरु संशोधन हुने कुरामा शंका रहेको कारण, नेपाली कांग्रेसका आफू लगायत अन्य सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएको समेत बताए ।
वान ट्रफी, वान मार्केट, वान फेमेली भन्ने नाराका साथ संचालन गरिएको प्रतियोगितामा, धितोपत्र बजारमा आवद्ध संस्थाका ३१ पुरुष र ९ महिला टिम सहभागी रहेको र प्रतियोगिता शनिवार समापन हुने युनियनका अध्यक्ष अजय ढुंगानाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने पुरुष टोलीलाई १ लाख र महिला टोलीलाई ६० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक लक्ष्मी सनराइज बैंक रहेको छ ।













समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प