
काठमाडौं । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिकाको नख्खु खोलामा असोज १२ गते आएको बाढीले बगाएकामध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रे जिल्लाको तेमाल गाउँपालिका–९ चोपाटार घर भई हाल ललितपुर महानगरपालिका–२५ अस्थायी बसोबास गर्ने ३७ वर्षीय चणिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्मान गरेको हो ।
कम्पनीको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्मान गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत प्रसाईंले रियल हिरोको संज्ञा दिँदै स्वतःस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए । प्रसाईं यस्तो पुण्य कार्य गरेकोमा तामाङलाई प्रभु महालक्ष्मी लाइफका तर्फबाट रु. ३० लाख बीमांक रकमको बीमालेखसहित रु. ११ हजार नगद सम्मानस्वरुप प्रदान गरेका हुन् ।
कार्यक्रममा उद्धारकर्ता तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सह्य भएन र बाढीमा हामफाली दुईजनालाई बचाउन सफल भएको बताए । ‘यस किसिमका सम्मानले हौसल प्रदान गर्छ र मलगायत अन्य व्यक्तिमा पनि मानवीयता विकास हुने विश्वास लिएको छु,’ उनले भने । सबैले आफ्नो क्षमताअनुसारको आपसी सहयोग र सद्भाव राख्दा अहिलेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिने तामाङले बताए ।













समाचार
इङ्लिस प्रिमियर लिग आज राति सुरु हुँदै, आर्सनल र कोभेन्ट्री आमनेसामने हुने
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
खबराको केरामा ‘फ्युजारियम’
यस वर्षको धान रोपाइँ सकियो, गत वर्षभन्दा उत्साहजनक
एसीसी प्रिमियर कपको अभ्यास खेल : नेपालको लगातार दोस्रो जित
रास्वपाको प्रवक्तामा खरेल, सहमहामन्त्रीमा यादव, अझै पूरा भएन केन्द्रीय समिति
बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
गाँजाको व्यावसायिक उत्पादन र औषधीय प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले
हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
डीडीसीको बजार दुबईमा विस्तार, पहिलोपटक ६ सय किलो घ्यू पठाइँदै