
मनाङ । पर्यटकीय याम सुरु भएसँगै मनाङ घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ । गत सेप्टेम्बर महिनामा विभिन्न ७४ देशका दुई हजार ७६५ बाह्य पर्यटक मनाङ घुम्न गएको पर्यटक सूचना केन्द्र धारापानी मनाङका भूपेन्द्र गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार सबैभन्दा धेरै इजरायलका ५९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए । मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो नम्बरमा चिनियाँ पर्यटक पर्छन् । उनीहरूको संख्या ३२७ रहेको छ । तेस्रो नम्बरमा जर्मनी पर्यटक पर्छन् । उनीहरूको संख्या १७३ रहेको छ । त्यसै गरी चौथोमा अमेरिकी १६७ पर्यटकले मनाङ भ्रमण गरे भने पाँचौँमा अस्ट्रेलियाका पर्यटक पर्छन् । उनीहरूको संख्या १५० रहेको छ । छैटौँ नम्बरमा १४३ बेलायती पर्यटकले मनाङका विभिन्न स्थानमा भ्रमण गरेका छन् । सातौँमा फ्रान्सका १२५ र आठौँमा नेदरल्यान्डका ९६ पर्यटक मनाङ प्रवेश गरेको गुरुङले जानकारी दिए ।
त्यसै गरी मनाङ भ्रमण गर्ने देशको सूचीको नवौँमा छिमेकी मित्रराष्ट्र भारत पर्दछ जहाँबाट ९२ पर्यटक आएका थिए भने दसौँ नम्बरमा कोरियाका ९१ जनाले मनाङ भ्रमण गरे । अरू बाँकी विभिन्न देशका रहेका छन् । मङ्गलबार सन् २०२४ को अहिलेसम्मकै धेरै पर्यटक २८६ जना मनाङ आइपुगेका छन् । यो हालसम्मकै एकै दिनमा मनाङ प्रवेश गर्नेको संख्या हो । बुधबार १४० जना विभिन्न देशका पर्यटक मनाङ प्रवेश गरेको गुरुङले बताए ।
असोज महिना यस यामको अति उत्तम समय मानिन्छ । गत हप्ता मात्रै देशैभर आएको बाढीपहिरो तथा हिमपातको प्रवाह नगरी बाह्य पर्यटक मनाङ पुगेका छन् । विशेष गरी मनाङ आउने पर्यटकको गन्तव्य तिलिचो ताल हुने गरेको पर्यटन व्यवसायी धनबहादुर गुरुङले बताए । ‘मैले अस्ति मात्र सात जनाको टोलीलाई तिलिचो पुर्याएर ल्याएँ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले पर्यटकलाई आवश्यक सूचना लिएर मात्र गन्तव्य तय गर्न सुझाएको बताए ।
उनका अनुसार नार्पाभूमिका ग्रामीण बस्ती साथै मनाङ ङिस्याङ गाउँपालिका केन्द्र हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको थियो । चव्रmीय अन्नपूर्ण पदमार्गको थोराङ्ला क्षेत्र र तिलिचो ताल क्षेत्रमा बाक्लो हिमपात भएको थियो । पर्यटकले त्यसको पर्वाह गरेनन् । ‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई पर्यटनको क्षेत्रमा विशेष सूचना संकलन गर्न र आवश्यक समन्वय गर्न भनेका छौँ,’ उनले भने । उनले हिमपातको समयमा सतर्क रहन पर्यटक र नागरिकलाई आग्रह गरिएको बताए । एक्याप इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह