
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवको भाडादर सार्वजनिक गरेको छ । निगमले सार्वजनिक गरेको भाडादर अनुसार काठमाडौंबाट भैरहवा जानका लागि ७ हजार र भैरहवाबाट काठमाडौं आउनका लागि ३ हजार ८ सय ९० रुपैयाँ तोकेको छ ।
असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौंबाट बाहिर जाने आउने राजमार्ग अवरुद्ध भएको अवस्थामा निगमले न्यारोबढी जहाजबाट काठमाडौं–भैरहवा उडान सुरु गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार असोज २४ गते फूलपातीका दिनदेखि काठमाडौं–भैरहवा उडान हुन छ ।
न्यारोबडीले आन्तरिक उडानमा यात्रुका लागि पहिलोपटक उडान अनुमति पाएको हो । त्यस्तै निगमको न्यारोबडी र वाइडबडीले भैरहवा–काठमाडौं टेस्ट फ्लाइट र अन्तर्राष्ट्रिय उडान पनि गरिसकेका छन् ।
असोज ११–१२ गते को भारी वर्षाका कारण भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरोध गरेका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यारोबडी विमान पठाउन सरकारले पहल गरेको थियो ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना