
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा राष्ट्रिय स्तरका विकास बैंकहरुले करिब साढे १ अर्ब रुपैयाँको नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजन मसान्तसम्म ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा १ अर्ब ४६ करोड ४४ लाख ६५ हजार रुपैयाँ पुगेको हो ।
राष्ट्रिय स्तरका विकास बैंकले कमाएको उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३६.५८ प्रतिशतले धेरै हो । यी ८ वटा बैंकहरुले गत आवको सोही अवधिमा १ अर्ब ७ करोड २२ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । वित्तीय विवरणअनुसार धेरै नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा रहेको छ ।
बैंकले पहिलो त्रैमासिकसम्मको अवधिमा २३.१७ प्रतिशतले बढाएको छ । यो बैंकले यो अवधिसम्ममा २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २२ करोड ८८ लाख ७ हजार रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्ममा सर्वाधिक नाफा वृद्धि गर्ने बैंकमा ज्योति विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकको नाफा १९७ प्रतिशतले बढेर १५ करोड ११ लाख ९० हजार रुपैयाँ पुराएको हो । समिक्षा अवधिमा गरिमा विकास बैंकको नाफा ५६.८२ प्रतिशतले बढेर २६ करोड ६ लाख रुपैयाँ, शाइन रेसुङ्गाको २४.८९ प्रतिशतले बढेर २३ करोड ९३ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको १६.५७ प्रतिशतले बढेर २० करोड १९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढेर १७ करोड ४९ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको २९.१६ प्रतिशतले बढेर ६ करोड १ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा महालक्ष्मी विकास बैंकको नाफा मात्र घटेको हो । बैंकको नाफा १.१४ प्रतिशतले घटेर ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित