
काठमाडौं । कृषि क्षेत्रमा नवप्रवर्तन ल्याउँदै, शालोम एग्रीकल्चर प्रा. लि. ले हाइफा ब्राण्डको गुणस्तरीय मल्चिङ प्लास्टिकलाई नेपाली बजारमा ल्याउन तयारी गरीएको छ । यो मल्चिङ प्लास्टिक विदेशी प्राविधिकहरूको सहयोगमा स्वदेशमै उत्पादन गरिएको हो, जसले कृषकहरूलाई उच्च गुणस्तरको उत्पादनको सुनिश्चितता दिने उद्देश्यले डिजाइन गरिएको छ ।
उच्च गुणस्तर, टिकाउपना र विषादी स्प्रे केमिकल प्रतिरोधी क्षमताको विशेषतासँगै, हाइफा मल्चिङ प्लास्टिकले किसानहरूको बालीलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका निभाउने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यसको प्रयोगले माटोको चिस्यान बढाउने र झारपातको समस्या कम गर्दै गुणस्तरीय उत्पादनको वृद्धि गर्न मद्दत पु¥याउनेछ ।
कृषकहरूका लागि यो उत्पादन एक राम्रो विकल्पको रूपमा प्रस्तुत गरिएको छ, जसले दीर्घकालीन परिणाम र कृषि उत्पादनमा वृद्धि सुनिश्चित गर्नेछ । यसैगरि शालोम एग्रीकल्चर प्रा. लि. ले कृषकहरूको जीवनस्तरमा सुधार ल्याउने उद्धेश्यले नयाँ प्रविधिहरूको विकास र प्रयोगमा सधैं अग्रसर रहने प्रतिबद्धता जनाएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम