
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा जर्मनी र नेदरल्याण्ड्ले फराकिलो जित निकालेका छन् । लिग ‘ए’ समूह ३ को खेलमा जर्मनीले बोस्निया एण्ड हर्जगोभिनाविरुद्ध ७–० गोलको जित निकालेको हो ।
घरेलु मैदान युरोपा पार्क स्टाडियोनमा भएको खेलमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २–२ गोल गर्दा जमल मुसिएला, काई हाभर्टज र लोरीयो सानेले १–१ गोल गरे । जर्मनीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल ग¥यो । यो जितसँगै जर्मनीले समूहमा ५ खेलबाट १३ अंक बटुलेको छ । जर्मनी च्याम्पियनसिप प्ले अफको लागि छनोट भएको छ भने पराजित पराजित बोस्निया एण्ड हर्जगोभिना भने लिग बीमा झरेको छ ।
यही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले हंगेरीलाई ४–० गोलले पराजित गरेको छ । नेदरल्यान्ड्सको जितमा वोउट वेगह्रस्ट, कोडी गाक्पो, डेन्जेल डम्फ्रेज र टिउन कुपमेइनर्सले गोल गरे । हंगेरीविरुद्धको जितसँगै नेदरल्यान्ड्सले अर्काे चरण पुग्ने सम्भावना बलियो बनाएको छ । नेदरल्यान्ड्सको ५ खेलबाट ८ अंक छ भने हंगेरीको समान खेलबाट समान ५ अंक छ ।













समाचार
बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
पुरोहितहरुलाई कर्मकाण्ड कक्षा
अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन बीमितलाई नेपाल लाइफको आग्रह
म्याककलम इंग्ल्यान्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
हरित आयले बदलेको महिलाको दैनिकी