
चितवन । सौराहामा पछिल्लो समय ठूलो लगानीका होटल खुल्ने क्रम बढेको छ । कतिपय नयाँ होटल थपिएका छन् भने कतिपयले भइरहेका होटलमा लगानी थपेका हुन् । यहाँको होटल जंगल क्राउनले स्तरवृद्धि गरी चारतारे होटल निर्माणका लागि आज नयाँ भवनको शिलान्यास गरेको छ । भवनको पूर्वपर्यटनमन्त्री प्रेम आलेले शिलान्यास गरे ।
उनले विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको बताए । होटलका अध्यक्ष डा तिलचन्द्र भट्टराईले तीन तले ४० कोठे नयाँ भवन बनेसँगै चारतारे सुविधा सम्पन्न होटल निर्माण गरिने जानकारी दिए । हाल उक्त होटलको ४३ कोठा सञ्चालनमा छन् । होटलमा बस्ने ग्राहकलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गरी चार तारे स्तरमा स्तरवृद्धि गर्न लागिएको उनले बताए ।
दुई वर्षभित्र सम्पूर्ण निर्माण पूरा गरी नयाँ भवन सञ्चालनमा ल्याइने जनाइएको छ । दुई बिघा बढी क्षेत्रफलमा रहेको होटलको थप लगानी एक अर्ब रुपैयाँ रहने अध्यक्ष भट्टराईले जानकारी दिए। मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जीप सफारी गरेर चितवन निकुञ्जका जैविक विविधतासगैँ गैँडा, बाघलगायतका जङ्गली जनावर हेर्न मन पराउँछन् ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह