
झापा । जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रूपमा प्रवेशद्वारको उद्घाटन गरेका हुन् ।
नवनिर्मित प्रवेशद्वारमाथि पशुपतिनाथ, स्वयम्भुलगायत विभिन्न जनजातिका पहिचान झल्काउने आकृति राखेर बहुसांस्कृतिक रूपमा विकास गरिने योजना रहेको नगरप्रमुख थोप्राले बताए । पर्यटकीयस्थल दोमुखाको चौतर्फी विकासमा नगरपालिका योजनाबद्ध रूपमा लागेको उनको भनाइ छ । ‘चालु आर्थिक वर्षमा रु एक करोड लगानी गर्नेछौँ’, नगरप्रमुख थोप्राले भने, ‘सडकमा बत्ती, रात्रिकालीन पर्यटकलाई मनोरञ्जन दिने पूर्वाधार निर्माण गर्ने योजना छ ।’ उनका अनुसार प्रवेशद्वारसँगै दोमुखाबाट वनभोजस्थल हुँदै स्वीमिङपुलसम्म जाने सात सय ३० मिटर सडकसमेत इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको छ ।
प्रवेशद्वार र सडक ८४ लाख ६१ हजार पाँच सय ५० रुपैयाँमा भीमेश्वर कन्स्ट्रसन प्रालिले निर्माण गरेको हो । निर्माणाधीन उक्त सडक छ मिटर चौडा रहेका छ भने ६० एमएमको ब्लक लगाइएको छ । कार्यक्रममा नगर उपप्रमुख कार्कीले दोमुखा शिवसताक्षी नगरको गहना भएकाले यसको विकास र प्रवर्द्धनमा पालिका निरन्तर लागिरहेको बताइन् । नगर क्षेत्रमा रहेका तीन वटा पर्यटकीयस्थल दोमुखा, सतासीधाम र चिल्लागढले यस क्षेत्रको पहिचान बनाएको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्दै लैजाने उनले बताइन् ।













समाचार
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता